|||Home |||समाचार |||गेम||| लोगइन |||wwi-tv |||रेडीयोहरु||| Mp3||| नेपाली|||     पेज रिफ्रेस गर्नुस्  
आज

April 9, 2012

muna madan poem in nepali मुना मदन

Filed under: Uncategorized

समर्पण
हे मेरा भाइ ! हे मेरा बहिनी ! पहाड शहरमा,

यो यौटा मेरो भक्तिको माला चढाएँ चरणमा ।

अरु ता मैले के गर्न सक्थेँ ! अपढ-अज्ञानी,

आँसुले भिजेको यो फूल गाँसेँ नजानी नजानी ।

घाम र छाया-बीचमा फुल्यो मनको फूलबारी,

सपनाभित्र फुलेको ल्याएँ बिपना ओसारी ।

यिनको वास बिर्साइदिन्छ वरको परको,

आँसु र हाँसो मिसाइदिन्छ सबका घरको । (more…)

December 10, 2006

बिसे नगर्चीको बयान

Filed under: Uncategorized

श्रवण मुकारुङ
मालिक !
म यो गोरखा राज्यमा
अर्ढाई सय वर्षछि बौलाएँ ।
मेरो टाउको फनफनी घुमिरहेछ
जमिन आकाशतिर
आकाश जमिनतिर भइरहेछ
आँखा तिर्मिरतिर्मिर भएर
हजुरको शिर दसवटा देखिरहेछु
खोई मेरो पैताला कहाँनिर छ -
कहाँनिर छ बिसे नगर्ची -
मालिक !
म बौलाएँ । (more…)

December 1, 2006

नयाँ राष्ट्रिय गान

Filed under: Uncategorized

सयौं थूंगा फूलका हामी, एउटै माला नेपाली
सार्वभौम भइ फैलिएका, मेची-महाकाली ।
प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल
वीरहरुका रगतले, स्वतन्त्र र अटल।
ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल
अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल।
बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल
अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल।

व्याकुल माइलाको नामले झण्डै डेढ दशक देखि नेपाली साहित्य जगतमा
सकृय,ओखलढुंगाका कवि प्रदिप कुमार राईको रचनाले देशको अवस्था र
भावनालाई समेटेकोले त्यसलाई नेपालको राष्ट्रिय गान प्रस्तावित गरेका
बताइन्छ। रचनाकार प्रदिपकुमार राईले प्रस्तुत गरेका आठ हरफको कविता
को अगाडीको दुइ हरफ जस्ताको तस्तै राखी बांकी हरफहरूमा कार्यदलका
प्रतिष्ठित सदस्यहरूले केही हेरफेर गरेका बताइएको छ।
प्राप्त नयां राष्ट्रिय गानको स्वरूप यस्तो छ, तर यो नै अन्तिम स्वीकृत
गान भन्ने चाहिं पुष्टि हुन सकेको छैन।
नयां राष्ट्रिय गान चयन गरि सिफारिसका लागि बरिष्ठ संस्कृतिविद् सत्य
मोहन शीको योजकत्वमा सरकारले १४ सदस्यीय कार्यदल गठन गरेको थियो।
प्रतियोगितात्मक पद्धतिबाट नयां गान चयन प्रकृयामा देशभरीबाट १२७२
वटा कविता र गीतहरू प्राप्त भएका थिए। अब कार्यदलले चयन गरी संस्कृति
पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बुझाएको नयां राष्ट्रिय गानलाई
सरकारले अनुमोदन गरेपछि त्यसलाई लयबद्ध गर्ने प्रकृया आरम्भ हुनेछ।
नयाँ राष्ट्रिय गानमा संगीत भर्ने जिम्मा भने संगीतकार अम्बर गुरुङ र
रामेश श्रेष्ठलाई दिएको छ । पुरानो राष्ट्रिय गानको धुन राणा प्रधानमन्त्री
वीरशम्शेरको पालामा बखतवीर बुढापिर्थीले तयार पारेका र पछि त्यसको
आधारमा कवि चक्रपाणि चालिसेले शब्द रचना गरेका बताइन्छ।

November 19, 2006

साँघुरो गल्लीमा मेरो चोक छ

मेरो चोक

साँघुरो गल्लीमा मेरो चोक छ ।

यहाँ के छैन सबथोक छ ।

असङ्ख्य रोग छ अनन्त भोक छ

असीम शोक छ

केवल हर्ष छैन

यहाँ त्यसमाथि रोक छ ।

साँघुरो गल्लीमा मेरो चोक छ ।

यहाँ के छैन सबथोक छ ।

यो मेरो चोकमा
(more…)

September 26, 2006

बडादशैं तथा दिपावलीको मंगलमय शुभकामना

Filed under: Uncategorized

नेपालीहरुको महान पर्व बडादशैं तथा दिपावलीको सुखद उपलक्षमा स्वदेश तथा बिदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरुमा सुख, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना, शुभकामना, शुभकामना !

December 4, 2005

सु:ख र दुख

Filed under: Uncategorized

सु:ख र दुख तिम्रो र मेरो दुईको यो संसार,
गंगा सरि पवित्र छ हामी दुईको प्‍यार ।

बगीनै रहोस्‌ सधै भरी किनारा त्‍यो छोएर,
छुट्‌ने छैन साथ यो हाम्रो गए पनि मरेर ।

फुलेको फुलमा मिलेर बसौला सुभाष छरेर,
ताराहरुको बिचमा पुणींमाको जुन झै बनेर।।
टंक सेरचन

   

रिफ्रेस गर्नुस्
 

December 3, 2005

विश्‍वास

Filed under: Uncategorized

जिन्‍दगी त मेरो दिए थिए नि तिम्रो भरमा परेर
मेरो मायाँ लत्‍याई दियौ अरूकसैको सिउदो भरेर
यो जोवन तिमीलाई दिए यो जुनी भरिको ठानेर
खेल्‍न सम्‍म खेलि दियौ यो मन सगँ खेलौना झै मानेर”
[ शितल]























  • Categories:
  • Archives:
  • May 2012
    M T W T F S S
    « Apr    
     123456
    78910111213
    14151617181920
    21222324252627
    28293031  

    यो महिना
  • Most Recent Posts
  • Other:
  • Meta:
  • जना प्रयोगकर्ता